×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भार्गव विकास बैंकको १००५ हकप्रद खुल्यो, हेनुस् कहाँ जाने सेयर भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL

भार्गव विकास बैंकको १००५ हकप्रद खुल्यो, हेनुस् कहाँ जाने सेयर भर्न ?

२४ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – भार्गव विकास बैंकले मंगलबारदेखि एक सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । भार्गवले १ः१ ९एक बराबर एक कित्ता० अनुपातामा प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । 
यो हकप्रद सेयर चैत २८ गतेसम्म भर्न पाइनेछ । हकप्रदपछि भार्गवको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्नेछ । भार्गवले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिइसकेको छ । यो हकप्रद सेयरमा फागुन ११ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 
भार्गवको बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटलले लिएको छ । भार्गव विकास बैंक केन्द्रीय कार्यालय सुर्खेतरोड तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट भने चेक मात्र बुझिने ब्यवस्था गरिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा भार्गवको चुक्ता पुँजी १४ करोड ४० लाख रुपैयाँ छ । भार्गवले यो त्रैमासमा एक करोड ८० लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी