×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरी बैंकले बोनस पछि ४० प्रतिशत हकप्रद बेच्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेन्चुरी बैंकले बोनस पछि ४० प्रतिशत हकप्रद बेच्ने

Artha Sarokar

१० चैत्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन सेन्चुरी बैंकले ४० प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ । बैंकले आगामी चैत ३१ मा डाकिएको साधारणसभामा उक्त प्रस्ताब लैजाने भएको छ ।
साधारणसभा प्रयोजनका लागि बैंकले चैत १८ देखि चैत ३१ सम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकबाट समेत एकवायरका लागि अन्तिम स्वीकृती पाएको अरनिको  र इन्नोभेटीब डेभलपमेन्टका सेयरधनीहरुले समेत पाउने गरि बैंकले ४० प्रतिशत हकप्रद बिक्रि गर्न लागेको जनाइएको छ । 
बैंकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बोनससेयर बितरण पश्चात कायम चुक्ता पुंजीको ४० प्रतिशत हकप्रद र अरनिको  र इन्नोभेटीब डेभलपमेन्टलाई प्राप्ती पश्चात बैंकको चुक्ता पुंजी ६ अर्ब ७० करोड हाराहारी पुग्ने छ । 
सेन्चुरीले भर्खरै मात्र सगरमाथालाइ गाभ्ने सहमति गरेको छ। प्राप्त जानकारी अनुसार सगरमाथाको हाल कायम १००० कित्ता सेयर हुनेले सेन्चुरीको १११२ दशमलब ०२ कित्ता पाउने छन । फाइनान्सले हालै मात्र ८० प्रतिशत हकप्रद बिक्रि गरेको छ । ८० प्रतिशत हकप्रद बिक्रि गर्दा अवितरित हकप्रद लिलाम बढाबढ गरि उसले चैत ४ मा हकप्रद बाँडफाँड गरेको छ । जसमा साधारणतर्फको सबै हकप्रद लिलामी मार्फत बिक्रि भएको छ भने संस्थापक तर्फको ५ लाख ६६ हजार २ सय ७८ कित्ता हकप्रद बिक्रि हुन बाँकी छ ।
हाल ३ अर्ब ६९ करोड चुक्ता पुंजी रहेको सेन्चुरी बैंकले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुंजी पुर्याउन क्षेत्रीय स्तरको राप्ति भेरी विकास बैंक र साझा विकास बैंकलाई पनि गाभ्ने प्रक्रिया अघि बढाएको बताइएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी