
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले १० बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०५ बोनस सेयर दिने निर्णय गरेको हो ।
सञ्चुरीले आगामी साधारण सभामा यो प्रस्ताव लैजानेछ । साधारण सभा र राष्ट्र बैंकले अनुमोदन गरेपछि मात्र सेयरधनीले बोनस पाउने छन् ।
सेञ्चुरीले चालु आर्थिक वर्षका दोस्रो त्रैमासमा २२ करोड ३९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुत्ता पुँजी तीन अर्ब ६८ करोड ९० लाख रुपैयाँ छ भने रिजर्भ कोषमा ८३ करोड ५९ लाख तीन हजार रुपैयाँ छ । सेञ्चुरीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ६६ पैसा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्