
- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – देशकै मध्यभागमा पर्ने चितवनमा प्रहरीले आज पनि ठुलै परिणामको लागुऔषध चरेससहित दुई जना भारतीय नागरिक लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान सवा पाँच बजेको समयमा अवैध ९९ के.जी लागुऔषध चरेससहित दुई जना भारतीय नागरिकलाइ पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटी गएको प्रहरी निरीक्षक जयनारायण यादवको डिआईटि टोली, क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको आरईटि टिम र क्याप टोलीको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा धादिङबाट आउँदै गरेको जेएच ०४ वि ०४४५ भारतीय नम्बर प्लेट भएको टाटा सुमो गाडी सहित भारत कठियामठिया ७ बस्ने वर्ष ३७ का गाडी चालक सुधन साह र भारत रक्सौल कोईरिया टोल ६ बस्ने २५ वर्षका आदित्य साह लाई कविलास १ जुगेडीबाट पक्राउ गर्न सफल भएको जनाएको हो । उनीहरुलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरिएको छ ।
पक्राउ परेका दुवैलाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत लागु औषध ओसार पसार तथा विक्री वितरण कसुर तर्फ चितवन जिल्ला अदालत मा ७ दिन म्याद थप गरि आवश्यक कानुनी प्रक्रिया अघि बढाईएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । “हामी अनुसन्धान अघि बढाएका छौं, यसको गिरोह पत्ता लगाउन लागी परेका छौं” प्रहरी उपरीक्षक थापाले भन्नुभयो ।
निज अभियुक्तहरुले चरेश लुकाइ छिपाई राखिएको टाटा सुमो गाडी चेकजाँच गर्दा गाडीको अगाडिको डिक्कीमा फल्स बटम बनाई लुकाएको अवस्थामा १०६ थान चरेशको पोका, गाडीको पछाडी दायाँ साईडको चक्का माथि फल्स बटम बनाई लुकाएर राखेको अवस्थामा ३९ थान पोका र पछाडीको बायाँ साईडको चक्का माथि फल्स बटम बनाई राखेको ५३ थान पोका चरेस सहित जम्मा १९८ थान पोका अन्दाजी ९९ के।जी लागु औषध चरेस रहेको प्रहरीले जनाएको छ ।
साथै पक्राउ परेका दुवै जना विरुद्द लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत लागु औषध ओसार पसार तथा विक्री वितरण कसुरमा मुद्दा समेत दयार गरि जिल्ला अदालत चितवनबाट ७ दिन म्याद थप गरी आवश्यक कानुनी कार्वाही प्रक्रियालाइ अगाडि बढाईने र यस्को ठुलै गिरोह रहेको हुन सक्ने बताउदै प्रहरी उपरीक्षक थापाले निज माथि समेत थप अनुसन्धान गदिनानुदिन लागुऔषधको ट्रान्जिट प्वाईन्ट बन्दै गईरहेको छ । विगतमा पनि यहाँ ठूलै परिमाणका लागुऔषधहरु बरामद हुदै आईरहेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्