×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्सको चैत २४ देखि २५% हकप्रद सेयर बिक्री खुल्ला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्सको चैत २४ देखि २५% हकप्रद सेयर बिक्री खुल्ला

९ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं –  सिटिजन्स बैंकले चैत २४ देखि २५% हकप्रद सेयर बिक्री खुल्ला  गर्ने भएको छ । सिटिजन्सले १०ः२.५ ९१० कित्ता बराबर थप २।५ कित्ता० अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यकोे एक करोड ३८ लाख ४३ हजार ३७९ कित्ता सेयर बेच्नेछ ।
 यो हकप्रद सेयर बैशाख २७ गतेसम्म भर्न पाइनेछ । हकप्रद सेयर निष्कासनपछि सिटिजन्सको चुक्ता पुँजी ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार ७०० रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन सिटिजन्सले २५% हकप्रद सेयरको बाटो रोजेको हो ।  कम्पनीको हकप्रद सेयरमा फागुन २४ गते सम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 
हकप्रद सेयरमा सानिमा क्यापिटल लिमिटेड नारायणचौर, नक्साल काठमाडौं र सिटिजन्स बैंक इन्टरनेसनलको प्रधान कार्यालय नारायणहिटीपथ काठमाडौं तथा सिटिजन्सको देशभरिका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सीबीआइएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजार काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।
 सिटिजन्सको यो हकप्रदमा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट अनुसार सिटिजन्सको चुक्ता पुँजी पाँच अर्ब ५३ करोड ७३ लाख ५२ हजार रुपैयाँ छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६३ करोड १६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८१ पैसा रहेको सिटिजन्सको प्रतिसेयर नेटवर्थ भने १३४ रुपैयाँ ५९ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी