Skip to content
LAXMI SUNRISE BANK

कांग्रेसद्वारा ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन, हेर्नुस को को परे ?

अर्थ सरोकार

नेपाली कांग्रेसले ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सुरू भएको केन्द्रीय समिति बैठकले समिति गठन गरेको हो । बैठकले पार्टीको विधानअनुसार वरिष्ठताका आधारमा २२ केन्द्रीय सदस्य र सात पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो ।
 कार्यसम्पादन समितिले पूर्ण बैठकबाट पारित गर्ने गरी तत्कालका लागि निर्णय लिन सक्ने व्यवस्था छ ।
हेर्नुस को को परे समितिमा?
देउवा समूह
शेरबहादुर देउवा
गोपालमान श्रेष्ठ 
विमलेन्द्र निधि 
कुलबहादुर गुरुङ 
खुमबहादुर खड्का 
चित्रलेखा यादव 
पूर्णबहादुर खड्का 
अर्जुन नरसिंह केसी 
प्रदीप गिरी 
बालकृष्ण खाँड 
ज्ञानेन्द्रबहादुर कार्की 
रमेश रिजाल 
डा. प्रकाशशरण महत 
फरमुल्लाह मन्सुर 
मानबहादुर विश्वकर्मा
एनपी साउद

पौडेल समूह
रामचन्द्र पौडेल
शशांक कोइराला
सीतादेवी यादव
प्रकाशमान सिंह 
डा. रामशरण महत 
बलबहादुर केसी 
महेश आचार्य 
नरहरि आचार्य 
डा. नारायण खड्का 
डा. मिनेन्द्र रिजाल
सुजाता कोइराला
दिलेन्द्र बडु 
सिटौला समुह
कृष्णप्रसाद सिटौला
कांग्रेसमा हाल पदाधिकारीका रुपमा सभापति, महामन्त्री, कोषाध्यक्ष मात्र छन् भने उपसभापति, महामन्त्री र सहमहामन्त्री र प्रवक्ता नियुक्त गर्न बाँकी छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK