Skip to content
LAXMI SUNRISE BANK

एक वर्षमा राष्ट्र बैंकका गभर्नरले बुझे ४६ लाख पारिश्रमिक !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले एक वर्षमा तलब भत्ताबापत ४६ लाख बढी रकम पाएका छन् । गभर्नर डा. पौडेलले आर्थिक वर्ष २०८२/८३ मा तलब भत्ताबापत ४६ लाख ४८ हजार ९ सय ५६ रुपैयाँ पाएका हुन् ।

गभर्नर पौडेलले पाएको उक्त रकममा नियमित तलबसँगै बैठक भत्ता र अन्य सुविधासमेत समावेश गरिएको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार गभर्नर पौडेलले गत आर्थिक वर्षमा तलबबापत १६ लाख ३१ हजार रुपैयाँ र सञ्चालक समितिको बैठक भत्ताबापत ५ लाख ६७ हजार रुपैयाँ पाएका छन् ।

त्यस्तै, अन्य भत्ता तथा पद अनुसारको सुविधाबापत पौडेलले २४ लाख ४९ हजार ९ सय ५६ रुपैयाँ पाएका छन् । पौडेल २०८२ जेठ ६ गते राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK