
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – डिप्रोक्स लघुवित्त विकास बैंकले आइतबारदेखि नगद लाभांश वितरण गर्दैछ । डिप्रोक्सको फागुन २३ गतेको साधारणसभाले पारित गरेको चुक्ता पुँजीको १७.६३ प्रतिशत नगद लाभांश आइतबारदेखि बैंक खातामै पठाउन लागिएको हो ।
सेयरधनीले लाभांश रकम बैंक खातामा जम्मा गराइदिन निवेदन लेखेर सेयर रजिष्ट्रारको कार्यालयमा उपलब्ध गराउनुपर्नेछ । डिप्रोक्सको सेयर रजिष्ट्रार एस क्यापिटल लिमिटेड हो ।
आवेदन फारम सेयर रजिष्ट्रार यस क्यापिटल लिमिटेडको वेभसाइटबाट डाउन लोड गरेर पनि लिन सकिनेछ । निवदेनमा बाुब तथा बाजेको नाम, बैंक खाता नम्बरलगायतका विषय उल्लेख गर्नुपर्नेछ । डिप्रोक्सको हाल चुक्ता पुँजी २५ करोड ७९ लाख ७९ लाख २३ हजार रुपैयाँ छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा डिप्रोक्सले १४ करोड ७० लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ५७ रुपैयाँ रहेको डिप्रोक्सको प्रतिसेयर नेटवर्थ भने ३२८ रुपैयाँ ९६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्