×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देव विकासले खरिद गर्ने भो युनियन फाइनान्स

PRIME CA

देव विकासले खरिद गर्ने भो युनियन फाइनान्स

९ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाण्डौ –  देवः विकास बैंकले युनियन फाइनान्स लिमीटेडलाई खरीद गर्ने भएको छ । बैंक र फाइनान्सबीच मंगलबार प्राप्ति सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 
समझदारी पत्रमा देवः विकास बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र युनियन फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष भक्तबहादुर मल्लले हस्ताक्षर गरेका थिए ।  एक्वीजिसनपछि बन्ने संस्थाको नाम देवः विकास बैक नै रहेन, संचालक समिति अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पनि देवः विकास बैंककै यथावत हुने समझदारी समेत भएको छ । 
देवः विकास बैंकले हालै ५० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको थियो । चुक्तापूँजी ८८ करोड १० लाख रहेको यो बैंकको हकप्रदको बाँडफाँड र व्यवस्थापनपछि चुक्तापूँजी १ अर्ब ३२ करोडको उचाईमा पुुग्नेछ । युनियन फाइनान्सको चुक्तापूँजी १७ करोड ६५ लाख रुपैयाँ रहेको छ । एक्वीजिसनपछि बन्ने बैंकको चुक्तापूँजी १ अर्ब ५० करोडको हाराहारीमा पुुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: