Skip to content
LAXMI SUNRISE BANK

नक्कली निरिक्षकको समाचार लेखेपछि नयाँ पत्रिकाका पत्रकारलाई ज्यान मार्ने धम्की !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पत्रकार दिलीप सिंहलाई ज्यान मार्ने धम्की आएको छ । लहानस्थित सिता नोबेल न्युज सेन्टर भित्र कम्प्युटरमा समाचार लेखिरहेको अवस्थामा देब आइडियल इङ्गलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल मुरारी साहले समाचारको विषयलाई लिएर मार्ने धम्की दिएका हुन् ।
धम्की दिनुको कारण उनले लेखेको समाचार बुझिएको छ । माध्यमिक शिक्षा परीक्षा अन्तर्गत लहानस्थित पडरिया थारु टोल केन्द्रमा आइतवार भएको गणित विषयको परीक्षामा सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी सोमराज भट्टराई, प्रहरी उपरीक्षक शेखर कोइराला सहितको अनुगमन टोलीले नक्कली निरीक्षक पक्राउ गरेको समाचार नयाँ पत्रिकामा सोमबार प्रकाशित भएको थियो । उक्त समाचारको विषयलाई लिएर प्रिन्सिपल साहले धम्की दिएको सिंहले बताए ।  उनी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत हुन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK