×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेलको बोनस सेयर किन्ने आइतबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एक्सेलको बोनस सेयर किन्ने आइतबार अन्तिम दिन

Artha Sarokar

६ चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं –  एक्सेल डेभलपमेन्ट बैंकको २५% बोनस सेयर पाउन सेयर किन्ने आइतबार आज अन्तिम दिन हो । एक्सेलले चैत १९ गते वर्षिक साधारण सभा गर्न सोमबारबाट बुक क्लोज गर्दैछ । साधारण सभामा बैंकले आफ्ना सेयरधनीलाई २५% बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । 
बोनस सेयर आइतबारसम्म कायम सेयरधनीले मात्र पाउने भएकाले आजै एक्सेलको सेयर किनिसक्नु पर्नेछ । साधारण सभामा बोनस सेयरमा लाग्ने कर तिर्न १.३२५ नगद लाभांश दिने प्रस्ताव छ । सभामा बोनस सेयरपछि कायम हुने पुँजीमा ५०५ हकप्रद जारी गर्ने प्रस्ताव पनि लगिंदैछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले सात करोड ३८ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एक्सेलको चुक्ता पुँजी ३० करोड ७६ लाख ५० हजार रुपैयाँ छ भने २३ करोड १४ लाख ५३ हजार रुपैयाँ रिजर्भ कोषमा जम्मा भएको छ ।
 बैंकको प्रतिसेयर आम्दानी वार्षिक ४८ रुपैयाँ एक पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २३ पैसा छ । बैंकले २५५ बोनस सेयर दिएपछि प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १९ पैसामा आउने प्रक्षेपण गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी