- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – ग्लोबल आइएमई बैंकको १० औं बार्षिक साधारण सभा चैत २१ गते हुने भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा बिहान ११ बजे सुरु हुने सभामा बैंकले १५.७६५ बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ ।
सभामा बैंकले अन्य बैंक वित्तीय संस्था गाभ्ने वा गाभिनका लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ । सभामा बैंकले सहायक कम्पनी ग्लोबल आईएमई क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७२÷७३ को नाफा नोक्सान सहितको एकीकृत वित्तीय बिवरण पनि स्वीकृत गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि ग्लोबलले चैत ७ देखि चैत २१ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने छ । हाल ग्लोबलको चुक्ता पुँजी सात अर्ब १५ करोड पाँच लाख ५० हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबलले ९० करोड ६२ लाख नौ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा रहेको ग्लोबलको प्रतिसेयर नेटवर्थ भने १३४ रुपैयाँ ४२ पैसा छ ।