
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेडले हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमित मागेको छ । कम्पनीले २ बराबर १ को अनुपातमा २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद निष्कासनका लागि फागुन २४ गते मङ्गलवार बोर्डमा निवेदन दिएको हो । हकप्रद विक्री प्रबन्धकमा एनआईविएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीले पुस २६ गते सम्पन्न २२ औँ साधारण सभाबाट २ बराबर १ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । दोस्रो त्रैमासमा रू।५७ करोड ८६ लाख ६२ हजार चुक्ता पूँजी रहको कम्पनीको हकप्रद निष्कासन पश्चात रू८६ करोड ७९ लाख चुक्ता पूँजी पुग्नेछ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू.१० करोड ७० लाख २३ हजार नाफा कमाएको छ । यो नाफा कमाउन रू.१३ करोड १५ लाख ८३ हजार खुद ब्याज आम्दानी र रू.२३ करोड २७ लाख ४८ हजार खराब कर्जा सङ्कलनले सहयोग गरेको हो ।
दोस्रो त्रैमाससम्ममा जगेडा कोषमा रू.२९ करोड २१ लाख ८२ हजार जम्मा भएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ११ प्रतिशत रहँदा सम्भावित जोखीमका लागि रू.१४ करोड ६६ लाख ७९ हजार छुट्याएको छ । प्रतिशेयर आम्दानी रू ३६ दशमलव ९९ रहेको कम्पनीको तरलता अनुपात ३० दशमलव ९५ प्रतिशत रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्