×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको १ लाख ४५ हजार ५ सय ८० कित्ता सेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन बैंकको १ लाख ४५ हजार ५ सय ८० कित्ता सेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

१६ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हिमालयन बैंकको लिलाम बढाबढमा राखिएको हकप्रदमा बोलकबोल गर्ने आज अन्तिम दिन हो। बैंकले १ लाख ४५ हजार ५ सय ८० कित्ता साधारण सेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ।
इच्छुक बोलकबोल दाताले चैत १० देखि चैत १६ अर्थात आज सम्म आबेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ।
लिलाम बढाबढमा बिक्रि गर्न राखिएको हकप्रदमा साधारण तर्फ १ लाख ४५ हजार ५ सय ८० कित्ता सेयर रहेको छ। बैंकले गत कात्तिक २६ देखि मंसिर ३० सम्म १४ दशमलब २८ प्रतिशत हकप्रद बिक्रि खुला गर्दा सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरि बिक्रि गर्न लागेको हो। त्यो बेला बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ६४ करोड रुपैयाँ बराबरको ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद बिक्रि खुला गरेको थियो।
इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाण्डौमा चैत १६ गते अर्थात आज बैंकिङ समय सम्म (३ बजे सम्म) आवेदन पेश गर्नु पर्ने छ। 
बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० के भाग जाने गरि न्युनतम १०० कित्ताका लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले बैंकले लिलाममा राखेको हकप्रद पाउने छन। बैंकको हकप्रद नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएपश्चात सेयरधनीहरुको डिम्याट खातामा नै जाने छ। 
बैंकले गत आर्थिक बर्षको कमाईबाट ३० प्रतिशत बोनस सेयर वितरण गरेको छ। ३० प्रतिशत बोनस सेयर बितरणपछी बैंकको चुक्ता पुंजी ६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। 
बोनस सेयर समेत पुंजीकृतपछि बैंकको प्रति सेयर आम्दानी  ३५ दशमलव १५ रुपैयाँ पुगेको छ। ४ अर्ब  ९६ करोड चुक्ता पुंजीको १४ दशमलब २८ प्रतिशत हकप्रद वितरणपछि बैंकको कुल चुक्ता पुंजी ७ अर्ब १५ करोड रुपैयाँ पुग्ने छ। 
बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २८ दशमलब १२ प्रतिशतले खुद मुनाफा बढाएको छ।  गत आर्थिक बर्षको यस अवधिमा ८० करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले यस अवधिमा १ अर्ब २ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी