
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – हिमालयन बैकले बिहीबारदेखि एक लाख ४५ हजार ५६० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउमा बोलपत्र फारम भर्नुपर्नेछ । फारम भर्ने अन्तिम म्याद चैत १६ गतेसम्म तोकिएको छ ।
यसअघि हिमालयनले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यतिबेला बिक्री नभएकोे सेयर अहिले टेन्डरमा बिक्री गर्न लागिएको हो । हिमालयनको लिलामी सेयरमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
आवेदकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँबानेश्वर, काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । बोलपत्र चैत १७ गते बिहान ११ बजे जय गणेश कमलादी ब्यांकेट, कमलादी काठमाडौंमा खोलिनेछ । हाल हिमालयनको चुक्ता पुँजी ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयनले एक अर्ब दुई करोड ७८ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ १५ पैसा रहेको हिमालयनको प्रतिसेयर नेटवर्थ भने १७९ रुपैयाँ १६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्