×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकको सात लाख ६७ हजार कित्ता सेयर आजदेखि लिलामीमा

LAXMI SUNRISE BANK

जनता बैंकको सात लाख ६७ हजार कित्ता सेयर आजदेखि लिलामीमा

१ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – जनता बैकले मंगलबारदेखि सात लाख ६७ हजार ५५२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यस आधारमा बैंकले सर्वसाधारण समूहको तीन लाख ७१ हजार २६ कित्ता र संस्थापक समूहको तीन लाख ९६ हजार ५२६ कित्ता सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी दरखास्त फारम बुझाउनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद चैत १५ गते तोकिएको छ ।
लिलामी सेयरमासंस्थापक समूहको न्यूनतम एक हजार कित्ता र सर्वसाधारण समूहको न्यूनतम एक सय कित्ता वा त्यो भन्दा बढी १० अंकले भाग जाने सबै कित्तामा आवेदन दिन पाइनेछ । बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा बेच्न लागेको हो । यसअधि जनातले मंसिर १ देखि पुस १० गतेसम्म एक करोड तीन लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड कमलपोखरी काठमाडौंमा आइपुग्ने गरी आवेदन पेस गर्नुपर्नेछ ।
 जनताको बिक्री प्रबन्धकको काम एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्दैछ । बोलपत्र चैत १६ एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड कमलपोखरीमा दिउसो ३ बजे खोलिनेछ भने चैत २२ गते यसको बाँडफाँट हुनेछ । जनताले बाँडफाँटमा नपरेको सेयरबापतको चेक चैत २७ गतेदेखि आवेदन बुझाएको संकलन केन्द्रबाट फिर्ता दिनेछ । हाल जनताको चुक्ता पुँजी दुई अर्ब ३० करोड ७२ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड १३ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा रहेको जनताको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ४१ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी