
मर्जर प्रक्रियामा रहेका जनता र त्रिबेणी विकास बिकास बैंकले चैतको चौथो साताको सुरुदेखि एकीकृत कारोबार गर्ने भएको छ। आन्तरिक व्यवस्थापन अनुरुप काम अघि बढे चैत २४ मा एकीकृत कारोबार हुने सम्भावना रहेको बैंकले जनाएको छ।
बैंकले मर्जरका लागि राष्ट्र बैंकबाट यस अघि नै अन्तिम स्वीकृती पाएको छ। गत सोमबार बसेको राष्ट्र बैंकको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो। त्यस्तै नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार नै एकीकृत कारोबार गरेको दुई साता भित्र नै सेयर कारोबार खुला गर्ने गरि तयारी गरिएको बैंकले जनाएको छ।
मर्जरपछि दुवै संस्थाले जनता बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका छन्। मर्जर पश्चात बन्ने जनता बैंक नेपालको चुक्ता पुंजी ४ अर्ब ७२ करोड पुग्ने छ। मर्जरपश्चात बैंकले ६० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको छ। ६० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ५५ करोड पुग्ने छ। यद्दपी मर्जरपश्चात बन्ने जनता बैंकले सिद्दार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ। सिद्दार्थ विकास बैंकलाई एक्वायर गरे पश्चात हकप्रद बिना नै चुक्ता पुंजी ८ अर्ब पुग्ने भएकाले बैंकले ६० प्रतिशत हकप्रद बिक्रि गर्ने सम्भावना अत्यन्त न्यून रहेको छ।
व्यवसाय विस्तारका हिसाबले दुवै बैंक मर्ज भएपश्चात शाखा तथा सिमित बैंकिड्ड इकाई र एक्स्टेन्सन काउण्टर गरी कुल ७१ स्थानमा बैंक सञ्चालनमा रहने छ भने कुल निक्षेप ३७०० करोड भन्दा माथि र कुल कर्जा रु. ३३०० करोड भन्दा माथि हुनेछ । मर्जर पश्चात यसै आर्थिक बर्षको अन्तसम्ममा बैंकको खुद मुनाफा ७५ करोड हुने विश्वास गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्