×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वर्गद्वारीको पर्यटन बिकासमा ज्योतिको टेवा, शुक्रबारबाट भिंगृ शाखामा सुरु भयो एटिएम सेवा’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्वर्गद्वारीको पर्यटन बिकासमा ज्योतिको टेवा, शुक्रबारबाट भिंगृ शाखामा सुरु भयो एटिएम सेवा’

Artha Sarokar

२२ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पछिल्लो समय प्रगतिउन्मुख बनेको ज्योति विकास बैंक लिमिटेडले प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीको आधारशिविर भिंगृ शाखामा ‘एटिएम’ सेवा आरम्भ गरेको छ । स्वर्गद्वारी आउने पर्यटकलाई लक्षित गर्दै उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । 
शुक्रबार एक समारोहका बीच उक्त सेवा सुरु गरिएको हो । ‘गाउँमै आधुनिक सेवा दिने उद्देश्यले एटिएम सूचारु गरेका हौँ । दुर्गममै अत्याधुनिक सुविधा दिने बैंकले योजना बनाएको छ ।’ बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले शुक्रबार सेवाको आरम्भ गर्दै भने ।
बैंकको शाखाबाट प्यूठानका माडी क्षेत्रमा पर्ने भिंगृ, बेलवास, सारी, नयाँगाउँ, स्वर्गद्धारीखाल, कोचिवाङ, गोठिवाङ, नयाँगाउँ सहित छिमेकी जिल्ला रोल्पाका ग्राहकहरु प्रत्यक्ष लाभांवित हुने आशा गरिएको छ । बैंकले हाल जिल्लाको प्रमुख व्यापारिक केन्द्र बाग्दुला सहित मच्छि, दाखाक्वाडी, भिंगृबाट बैंकिङ सेवा दिइरहेको भिंगृका शाखा प्रवन्धक सुभाषचन्द्र श्रेष्ठले जानकारी गराए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी