Skip to content
LAXMI SUNRISE BANK

शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्दै ज्योति विकास बैंक

अर्थ सरोकार

ज्योति विकास बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले बोर्डमा चैत्र १५ गते निवेदन दिएको हो । त्रितोपत्र बोर्डले बैंकको सेयरको प्रारम्भिक अध्ययन समेत सुरु गरिसकेको जनाएको छ । 
ज्योतिले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब १० करोड ४३ लाख १७ हजार एक सय रुपैयाँ बराबरको एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्कशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । 
हाल ज्योति विकास बैंकको चुक्तापुँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK