×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको हकप्रद सेयर खुल्यो, ३५ दिन भित्र सेयर भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कुमारी बैंकको हकप्रद सेयर खुल्यो, ३५ दिन भित्र सेयर भर्न पाइने

Artha Sarokar

६ चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौँ – कुमारी बैंकले आइतबारदेखि हकप्रद निस्कासन गरेको छ । बैंकले साबिक दुई शेयर हुनेलाई एकको अनुपातमा हकप्रद निस्कासन गरेको हो ।
बैंकले एक अर्ब ३४ करोड ९५ लाख ३४ हजार रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार कित्ता हकप्रद निस्कासन गरेको छ । कुमारीको हकप्रद चैत्र ६ गतेदेखि २०७४ वैशाख १० गतेसम्म आबेदन दिन सकिने बिक्रि प्रबन्धक सिदार्थ क्यापिटलले जनाएको छ ।
बैंकको हाल पूँजी दुई अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले पुस मसान्तसम्म २७ करोड २९ लाख  रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी