Skip to content
LAXMI SUNRISE BANK

कुमारीको साधारण सभा ट्रेड टावर बिजनेस सेन्टर थापाथलीमा हुँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – कुमारी बैंकले बार्षिक साधारण सभा आज ११ बजे सुरु गर्दैछ । साधारण सभा ट्रेड टावर बिजनेस सेन्टर, थापाथलीमा हुन लागेको हो । बैंकले २१% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.१०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाँदै छ ।
 कुमारीले काष्टमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काँक्रेबिहार विकास बैंकलाई एक्वायर गर्ने सम्बन्धि पत्रहरुको अनुमोदन गर्ने विशेष प्रस्ताव साधारण सभामा पेस गर्दैछ । एक्विजिसन र बोनस सेयरपछि चुक्ता पुँजी आठ अर्ब पुर्याउन कुमारीलाई थप सजिलो हुनेछ ।
कुमारीले यी संस्थाहरुलाई एक्विजिसन पश्चात एकीकृत कारोबार सुरु भएपछि फेरि एक अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा पेस गर्दैछ । कुमारीले गत आइतबारदेखि ५०५ हकप्रद बिक्री खुला गरिसकेको छ ।
 बैंकले २ः१ अनुपातमा एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार २६६ रुपैयाँको एक करोड ३४ लाख ९५ हजार ८३२.६६ कित्ता हकप्रद बिक्री गरेको हो । हकप्रद वैशाख १० गतेसम्म भर्न पाइने छ । यो हकप्रदमा बिक्री प्रबन्धकको काम सिद्धर्थ क्यापिटल लिमिटेडले गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुमारीले २७ करोड ९३ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ  । दोस्रो त्रैमासको रिपोर्ट अनुसार बैंको चुक्ता पुँजी दुई अर्ब ६९ करोड ९१ लाख ६७ हजार रुपैयाँ र रिजर्भ कोषमा एक अर्ब ६४ करोड ३५ लाख ६६ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ८९ पैसा छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK