×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मीले पनि पायो हकप्रद बिक्री अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लक्ष्मीले पनि पायो हकप्रद बिक्री अनुमति

Artha Sarokar

१ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 
काठमाडौं – लक्ष्मी बैंकले १००% हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले लक्ष्मीलाई १ः१ अनुपातमा हकपद सेयर बिक्री गर्न अनुमति दिएको हो । लक्ष्मीले अब छिटै तीन अर्ब १५ करोड ९० लाख ३० हजार ४०० रुपैयाँको तीन करोड १५ लाख ९० हजार ३०४ कित्ता हकप्रद सेयरको बिक्री खुला गर्नेछ । यो हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो । 
लक्ष्मी बैंकको हाल चुक्ता पुँजी तीन अर्ब तीन करोड ९२ लाख २९ हजार रुपैयाँ छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन कसरत गरिरहेको लक्ष्मीले प्रोफेसनल दियालो विकास बैंकलाई गाभेर माघ २ गतेबाट एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । 
लक्ष्मीले प्रोफेसनल दियालोलाई गभेपछि कायम हुने चुक्ता पुँजीबाट एक सय प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । त्यस्तै बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई ३८% बोनस सेयर दिने घोषणा गरेको छ । हकप्रद भर्नेले पनि बोनस सेयर पाउने भएकाले लगानीकर्ताले पाउने वास्तविक बोनस दर भने १८.२९% मात्र हुन आउँछ । लक्ष्मीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ४० करोड ६३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ३३ पैसा छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी