
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सप्तरीमा सोमबार घटना घटेसंगै एमालेले सोमबार सप्तरी घटनापछि हेटैडाबाट सुरुगर्ने भनेको अभियान सप्तरबाट नै गर्न मधेसी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले अनुरोध गरेको छ । सप्तरी घटनामा सरकार जिम्मेवार रहेको बताउदै सो अनुरोध गरेको हो। साथै उनले मधेसमा एमालेले कार्यक्रम गर्दा अवरोध गर्ने नीति नरहेको दाबी गरेका छन् ।
तमसपा अध्यक्ष यादवले भने, ‘एमालेले मधेसको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम गर्न पाउँछ, मधेसी मोर्चाले हिजो पनि विरोध गरेको थिएन र भोलिका दिनमा पनि विरोध गर्दैन ।’
बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै मधेसी मोर्चाका नेता यादवले एमालेलाई आफूहरुले तराई(मधेसमा कहिल्यै पनि निषेध गर्ने भनेर नभनेको र अब पनि नगर्ने स्पष्ट पारेका छन् । उनले भने, ‘एमालेले मेची(महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस्, हामी अवरोध गर्ने छैन।’
उनले भने यदि तपाईहरुको कार्यक्रम हाम्रा कार्यकर्ताले विथोलेका छन्, हामीलाई नाम दिनुहोस्, हामी उनीहरुलाइ कारवाही गर्न तयार छौं, सरकारलाई भनेर हामी कारवाही गर्न लगाउछौं।’
मोर्चाले आहृवान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड नगरेको दाबी गर्दै उनले भने, ‘हामीले त्यस्तो गरेका छैनौं, यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ हो, हामीले गरेकै छैनौं, हामीलाई बद्नामा गराउन खोजिएको छ ।’
उनले सप्तरी घटनामा मधेसी मोर्चालाई दोष लगाउने काम कपोकल्पित मात्रै भएको आरोप लगाए ।
यादवले भने, ‘एमालेको अभियानबारे मधेसी जनतामा आक्रोश थियो, यो घटनामा सरकार जिम्मेवार छ, निहत्था जनतामाथि गोली चलाउने आदेश कसले दियो रु यो नश्लवादी गतिविधि हो ।’
उनले घटनाको दोष आफूहरुलाई दिनु गलत भएको दाबी गरे । यादवले थपे, ‘घटनामा संलग्न दोषीहरुलाई कारवाही होस्, एमालेले पनि गम्भिर विषय उठाएको छ, हत्या प्रयास भनेर यसको छानविन होस् ।’
उनले एमालेले पनि आफ्नो व्यवहार र बोलीमा सच्याउनुपर्ने माग गरे । उनले भने, ‘संसदबाटै समस्याको हल गर्नुपर्छ, अफवाह र झुटो बोल्ने काम भएको छ, यो बन्द गर्नुपर्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्