×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको सेयर लिलामीमा किन्ने अवसर ! तीन लाख ८६ हजार कित्ता विक्रीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेगा बैंकको सेयर लिलामीमा किन्ने अवसर ! तीन लाख ८६ हजार कित्ता विक्रीमा

१३ चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मेगा बैंक नेपाल लिमिटेडले तीन लाख ८६ हजार आठ सय ८२ कित्ता सेयर लिलामीमा निकालेको छ । बैंकले २५ प्रतिशत हकप्रद निष्काशनको क्रममा नबिकेको सेयर आज (चैत १३ गते)देखि लिलामीमा निकालेको हो । बैंकले एक लाख ६८ हजार नौं सय ९२ कित्ता संस्थापक सेयर र दुई लाख १७ हजार आठ सय ९० कित्ता साधारण सेयर चैत्र २० गतेसम्मका लागि लिलामीमा राखेको छ ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंग लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताले न्युनतम एक सय रुपैयाँमाथि अंकित मूल्य राखेर दश कित्ताको गुणांकमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन गर्न सक्नेछन् । कम्पनीले बोलकबोल नतिजा विक्री प्रवन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी