
- अर्थ सरोकार सम्वाददाता
काठमाडौँ – मिसन डेभलपमेन्ट बैंकको हकप्रद शेयर बिहीबार देखि बिक्री सुरु भएको छ । बैंकले साबिक सेयरधनीका लागि शतप्रतिशत हकप्रद निस्कासन गरेको हो । गत २१ फागुनसम्म दोस्रो बजारबाट शेयर खरिद गर्नेले हकप्रद भर्न पाउने बैंकले जनाएको छ ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको १९ लाख ४९ हजार कित्ता शेयरमा आगामी ६ बैशाख भित्र आवेदन दिन सक्ने निस्कासन तथा बिक्री प्रबन्धक भिवोर क्यापिटलले जनाएको छ ।
कम्पनीको चुक्ता पूँजी हाल साढे १९ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्म तीन करोड ६६ लाख रुपैयाँ मुनाफा कमाएको छ । हकप्रद बिक्री पछि बैंकको चुक्ता पूँजी करिब ४० करोड रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्