- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – माउन्ट मकालु डेभलपमेन्ट बैंकको साधारण सभा आज भइरहेको छ । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकास्थित बसन्त उच्च माविको सभाकक्षमा बिहान १०.३० देखि साधारण सभा सुरु भएका हो । सभामा बैंकले सेयरधनीलाई ५०% हकप्रद सेयर दिने प्रस्ताव अनुमोदन गर्ने अपेक्षा छ ।
माउन्ट मकालुले यसअघि पनि १५५ हकप्रद बिक्री गरी चुक्ता पुँजी ६ करोड ५० हजार रुपैयाँ पुर्याइसकेको छ । बैंकले ६.४५ अर्थात् ४१ लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेस गर्दैछ । यो बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा फेरी ५०५ हकप्रद सेयर ल्याउन लागिएको हो ।
बोनसपछि बैंकको चुक्ता पुँजी ६ करोड ९१ लाख ६० हजार रुपैयाँ हुनेछ । त्यसपछि जारी हुने ५०५ हकप्रदपछि चाँहि बैंकको चुक्ता पुँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ हुनेछ ।