Skip to content
LAXMI SUNRISE BANK

इजी लिंक रेमिट्यान्स र मुक्तिनाथ विकास बैंक बीच रेमिट्यान्स सम्झौता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

“रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ विगत १८ बर्ष देखी  देशमा रेमिट्यान्स भित्राउदै आएको कम्पनी इजी लिंक रेमिट्यान्स प्रा.लि. र मुक्तिनाथ विकास बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सका प्रबन्धक दिपेन्द्र खनाल र मुक्तिनाथ विकास बैंकका नायब कार्यकारी प्रमुख प्रद्मुमन पोखरेल ले हस्ताक्षर गरेका छन् । 
 यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी लिंक रेमिट्यान्स मार्फत आएको रकम मुक्तिनाथ विकास बैंकका देशभरी रहेका ५५ शाखाहरुबाट सजिलै भुक्तानी लिन सकिने भएको छ । सम्झौतापछि इजी लिंक रेमिट्यान्सका प्रबन्धक दिपेन्द्र खनाल ले  विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिनुभयो । 
 इजी लिंक रेमिट्यान्सले विगत १८ बर्षदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पारेको छ ।  इजी लिंक रेमिट्यान्सले अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी गराए । 
यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका २२ सय भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक दिपेन्द्र खनाल ले जानकारी गराए । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK