Skip to content
LAXMI SUNRISE BANK

नेपाल बंगलादेश बैंकको ८० प्रतिशत हकप्रदपछि मूल्य समायोजन, हेर्नुस कति तोकियो

अर्थ सरोकार

नेपाल बंगलादेश बैंकको शेयर मूल्य संयोजन भएको छ । ८० प्रतिशत हकप्रदपछि बैंकको मूल्य समायोजन भएको हो । 
समायोजनपछि नेपाल स्टक एक्सचेन्जले बैंकको मूल्य ४ सय ५२ रुपियाँ तोकेको छ । बैंकको औसत आधार मुल्य ५ सय ५४ रुपियाँ रहेको छ ।  
बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। 
बैंकले गत आर्थिक बर्षको कमाईबाट ३२ प्रतिशत बोनस सेयर वितरण गरी सकेको छ । ३२ प्रतिशत बोनश शेयर वितरण गरेपछि चुक्ता पूँजी ३ अर्ब ९९ करोड पुगेको  छ। बोनसपछी त्यसको ८० प्रतिशत हकप्रद शेयर जारी गर्दा बैंकको चुक्ता पुंजी ७ अर्ब १८ करोड नाघ्ने छ।    
बैंकले कात्तिक ८ मा भएको साधारणसभाले ३२ प्रतिशत बोनस शेयर र त्यसपछिको ८० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताब पारित गरेको हो।    एनबि बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५४ करोड ६ लाख मुनाफा आर्जन गरेको छ।  
हकप्रदको लागि चैत १७ मा सेयरधनी दर्ता पुस्तिका बन्द भई सकेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK