×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकको ८० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल बंगलादेश बैंकको ८० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Artha Sarokar

१६ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल बंगलादेश बैंकको ८० प्रतिशत हकप्रद सुरक्षीत गर्ने आज अन्तिम दिन हो। बैंकले ८० प्रतिशत हकप्रदका लागि चैत १७ मा सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले चैत १६ अर्थात आजसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउने छन।
बैंकले धितोपत्र बोर्डबाट १० बराबर ८ अर्थात ८० प्रतिशतका दरले हकप्रद निष्काशनको अनुमति पाएको हो । बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। 
बैंकले गत आर्थिक बर्षको कमाईबाट ३२ प्रतिशत बोनस सेयर वितरण गरी सकेको छ । ३२ प्रतिशत बोनश शेयर वितरण गरेपछि चुक्ता पूँजी ३ अर्ब ९९ करोड पुगेको  छ। बोनसपछी त्यसको ८० प्रतिशत हकप्रद शेयर जारी गर्दा बैंकको चुक्ता पुंजी ७ अर्ब १८ करोड नाघ्ने छ।    
बैंकले कात्तिक ८ मा भएको साधारणसभाले ३२ प्रतिशत बोनस शेयर र त्यसपछिको ८० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताब पारित गरेको हो।    एनबि बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५४ करोड ६ लाख मुनाफा आर्जन गरेको छ। 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी