×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल बैंक हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

२३ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल बैंकले २३.७४५ हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँको एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । १००ः२३.७४ को अनुपातमा आउने यो हकप्रदमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्दैछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४९ करोड ९४ लाख ७८ हजार रुपैयाँ छ । बैंकले हकप्रद बिक्रीबाट राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पुँजी सजिलै पुर्याउने देखिन्छ ।
दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले एक अर्ब ८९ करोड ५० लाख ७६ हजार रुपैयाँ खुद नाफा गरिसकेको छ । नेपाल बैंकको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५४ पैसा छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी