
नेपाल लाइफ इन्स्योरेन्सले जारी गरेको थप नयाँ सेयर (एफपिओ) को शुक्रबार बाँडफाँड गरिएको छ ।
सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार, १० कित्ताका लागि आवेदन गर्नेमध्ये ५५०३ जनाले सेयर पाएका छन् भने २० कित्ताका लागि आवेदन गर्ने ४३७७ जनाले पनि १० कित्ता पाएका छन् । ३० कित्ता आवेदन गर्ने एक लाख १४ हजार १२५ जनाले पनि १० कित्ता सेयर पाएका छन् । १६० कित्तासम्म आबेदन गर्नेले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । १७० कित्ताभन्दा वढि आवेदन गर्ने भने सबैले सेयर पाएका छन् । १७० देखि १८० कित्ता आबेदन गर्नेले अनिबार्य रुपमा १० कित्ता पाएका छन् । त्यस्तै, १९० देखि २१० कित्तासम्म आबेदन गर्नेले ११ कित्ता पाएका छन् भने ३० हजार ९६० कित्ता आबेदन गर्नेले १७ सय ४१ कित्ता पाएका छन् ।
कम्पनीले कुल चार अर्ब ४१ करोड २४ लाख ११ हजार तीन सय २५ रुपैयाँ बराबरको सेयर सर्बसाधारणका लागि जारी गरिएकोमा ५४ अर्ब ७५ करोड ५६ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्