Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकले एक वर्षका लागि बैंकहरुलाई साढे तीन अर्ब उपलब्ध गराउने

अर्थ सरोकार

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपको रुपमा बैंकिङ प्रणालीमा साढे तीन अर्ब रुपैयाँ पठाउने भएको छ । बुधवार नेपाल राष्ट्र बैङ्कले सूचना जारी गरी एक वर्षका लागि तीन अर्ब ४९ करोड ७४ लाख ९८ हजार रुपैयाँको मुद्दती निक्षेप लिन बैङ्क तथा वित्तीय संस्थालाई प्रस्ताव गरेको हो । क, ख र ग वर्गका बैंकमा केन्द्रीय बैंकले आफ्नो विभिन्न कोषमा रहेको सो रकम २०७४ वैशाख ४ गतेदेखि २०७५ वैशाख १ गतेसम्मका लागि १ वर्षे मुद्दती निक्षेपका रूपमा लगानी गर्न बुधवार आह्वान गरेकोे हो । 
सो रकममध्ये वाणिज्य बैंकहरूमा दुई अर्ब ७९ करोड ८० लाख रुपैयाँ, विकास बैंकहरूमा ५२ करोड ४७ लाख २४ हजार रुपैयाँ र वित्त कम्पनीमा १७ करोड ४८ लाख ७४ हजार रुपैयाँ मुद्दती निक्षेप राख्ने सूचनामा उल्लेख छ । नेपाल राष्ट्र बैंककोे वित्त व्यवस्थापन विभागले मुद्दती निक्षेपका रूपमा लिन चाहेको रकम र ब्याजदर खुलाई चैत १८ गते बिहान ११ बजेभित्र प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।
मुद्दती निक्षेपका रुपमा केन्द्रीय बैंकबाट रकम लिन चाहने बैंकहरुले निम्न शर्तहरु पूरा गरेको हुनुपर्नेछ ।
 
राष्ट्र बैंकले यसअघि, गत फागुन १३ गते साढे ७२ करोड रुपैयाँ र माघ २३ गते १ अर्ब ५७ करोड ९७ लाख ३७ हजार रुपैयाँ १ वर्षे मुद्दती निक्षेपका रूपमा लगानी गरिसकेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK