×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमका सेयरधनीले पाउने भए ५१ प्रतिशतको दरले नगद लाभांश

LAXMI SUNRISE BANK

नेपाल टेलिकमका सेयरधनीले पाउने भए ५१ प्रतिशतको दरले नगद लाभांश

१ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – नेपाल  टेलिकमका सेयरधनीले ५१ प्रतिशतको दरले नगद लाभांश पाउने भएका छन् । कम्पनीको नवौ साधरणसभाले मुनाफामध्येबाट सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
नगद लाभांश वितरण मंगलबारदेखि नै सुरु भएको कम्पनीले जनाएको छ । आर्थिक बर्ष ०७२/७३ मा १३ दशमलब ६८ अर्ब खुद नाफा कमाएको नेपाल टेलिकमको सरकारी कोषमा मात्रै राजश्व योगदान ५२ दशमलब २७ प्रतिशत रहेको छ ।
नेपाल टेलिकमको अहिले १ दशमलब ४३ करोड जिएसएम र सिडिएमए प्रविधिमा आधारित मोबाईल प्रयोगकर्ता छन् । देशैभरीका सबै गाउपालिकाहरु तत्कालीन गाउँ विकास समितिमा यसले सेवा पुर्याईसकेको छ ।
इन्टरनेट बजारमा ५५ दशमलब १५ प्रतिशत बजार हिस्सा ओगटेको टेलिकमको ७६ लाख इन्टरनेट प्रयोगकर्ता रहेका छन् । यसै वर्षदेखि नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई चौंथो पुस्तामा आधारित उच्च गतिको इन्टरनेट सेवा दिन थालिसकेको छ । टेलिकमले १५ दशमलब ६५ प्रतिशतले आफ्ना ग्राहक बढेको पनि जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी