Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा थपियो चार कम्पनीको दुई करोड ३४ लाख कित्ता सेयर

अर्थ सरोकार

बिहिबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा चार वटा कम्पनीको सेयर सूचिकृत भएका छन् । दुई वटा विकास बैंक, एउटा वाणिज्य बैंक र एउटा जलविद्युत् कम्पनीको कुल दुई करोड ३४ लाख २९ हजार नौ सय १४ दशमलव सात कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । विहीबार सूचिकृत सेयरमध्ये एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर र बाँकी बोनस सेयर रहेका छन् ।
बिहिबार नेप्सेमा सेयर सूचिकृत गराउने कम्पनीहरु
  • चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ३१ लाख ३४ हजार चार सय ७६ दबमलव ८० कित्ता बोनस सेयर
  • कृषि विकास बैंक लिमिटेडको एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर
  • हाम्रो विकास बैंक लिमिटेडको तीन लाख पाँच हजार आठ सय ३३ दशमलव ८७५ कित्ता बोनस सेयर
  • कन्ट्री डेभलपमेन्ट बैंक लिमिटेडको तीन लाख एक हजार छ सय चार कित्ता बोनस सेयर
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK