
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेरुडे लघुवित्त विकास बैंकको ५०%हकप्रद, २०५ बोनस र ११.०५५ नगद लाभांश पाउन सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । नेरुडेले वार्षिक साधारण सभा र ५०५ हकप्रद निष्कासन गर्न फागुन ३० देखि सेयरधनी दर्ता किताब बन्द गर्दैछ ।
शुक्रबार सेयर कारोबार नहुने अनि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले नरुडेको हकप्रद, बोनस र नगद लाभांशको हकदार हुन आजै सेयर किनिसक्नुपर्ने हुन्छ । किन भने नेरुडेले सोमबारदेखि बुक क्लोज गर्दैछ । हाल कायम सेयरधनी भने स्वतः लाभांशको भागिदार भइहाल्छन् । नेरुडेले चैत १४ गतेदेखि २ः१ अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको नौ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।
हकप्रद सेयरमा बैशाख १७ गतेसम्म आवेदन दिन पाइने छ । यसैगरी, चैत ३१ गते नेरुडेले वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा गत वर्षको नाफाबाट २०५ बोनस सेयर र बोनस सेयरमा लाग्ने कर समेत गरेर ११.०५५ नगद लाभांश वितरण गर्ने प्रस्ताव लगिने भएको छ ।
नेरुडेको हाल चुक्ता पुँजी १८ करोड रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि नेरुडेको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेरुडेले चार करोड ६५ लाख ६६ हाजार रुपैयाँ खुद नाफा कमाएको छ । नेरुडेको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ६१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्