×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लगुवित्तको ५०%हकप्रद चैत १४ देखि आउँदै, हेर्नुस् कहाँ गएर भर्ने सेयर ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेरुडे लगुवित्तको ५०%हकप्रद चैत १४ देखि आउँदै, हेर्नुस् कहाँ गएर भर्ने सेयर ?

२३ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेरुडे लघुवित्त विकास बैंकले चैत १४ गतेदेखि ५०५ हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । नेरुडेले २ः१ अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा नौ करोड रुपैयाँको नौ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
यो हकप्रद सेयरमा बैशाख १७ गतेसम्म आवेदन दिन पाइने छ । यसमा बिक्री प्रवन्धकको काम एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडले गरेको छ । नेरुडेले हकप्रद सेयर बिक्री गर्न फागुन ३० गतेदेखि बुक क्लोज गर्ने भएकाले फागुन २९ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न पाउने छन् ।
आवेदकले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड कमलपोखरी, काठमाडौं र नेरुडे लघुवित्त विकास बैंकको केन्द्रीय कार्यालय विराटनगरबाट आवेदन फारम लिन र बुझाउन पाउने छन् । त्यसैगरी, यी दुवै संस्थाको वेबसाइटबाट पनि आवेदन फारम डाउनलोड गर्न सकिने छ । 
नेरुडेको हाल चुक्ता पुँजी १८ करोड रुपैयाँ छ । हकप्रद सेयरको बिक्रीपछि नेरुडेको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेरुडेले चार करोड ६५ लाख ६६ हाजार रुपैयाँ खुद नाफा कमाएको छ । नेरुडेको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ६१ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: