×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी मंगलबारदेखि एनआईसी एसिया बैंकको हकप्रद, कहाँबाट दिने आवेदन ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

आगामी मंगलबारदेखि एनआईसी एसिया बैंकको हकप्रद, कहाँबाट दिने आवेदन ?

Artha Sarokar

११ चैत्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आगामी मंगलबार (चैत्र १५ गते) देखि एनआइसी एसिया बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन चहुने भएको छ । बैंकले १५ प्रतिशत अर्थात १०० बराबर १५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । आगामी बैशाख १९ गतेसम्म विक्री खुला रहने हकप्रद निष्काशन तथा विक्रीको प्रबन्ध गर्ने जिम्मा सिभिल क्यापिटल लिमिटेडले पाएको छ । 
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । चैत्र ६ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । एनआइसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा विक्री प्रबन्धकको कार्यालयबाट हकप्रद खरिदका लागि आवेदन बुझाउन सकिनेछ । 
बैंकको २६ औँ वार्षिक साधारणसभाबाट पारित भएबमोजिम बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागिएको हो । बैंकले गत आर्थिक वर्षको कमाईबाट २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । जसपश्चात् बैंकको चुक्तापुँजी पाँच अर्ब ८१ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यसको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन गत वर्ष पनि २५ प्रतिशत हकप्रद निष्कासन गरेको थियो ।
बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा छ भने प्रति सेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ५० पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी