
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – एनआइसी एसिया बैंकको १५५ हकप्रद सेयरपछि सोमबार प्रतिकित्ता ४०३ रुपैयाँमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा हकप्रद समायोजनपछि एनआइसीको पहिलो कारोबार ४०३ रुपैयाँमा हुनेछ ।
एनआइसीको औसत आधार मूल्य भने ५६३ रुपैयाँ छ । एनआइसीले चैत १६ गतेदेखि वैशाख १९ गतेसम्म १००ः१५ अनुपातमा हकप्रद सेयर बिक्री खुला गर्दैछ । एनआइसीले प्रतिकित्ता १०० रुपैयाँको दरले ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो ।
हकप्रद सेयर आवेदनका लागि बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड कमलादी, काठमाडौं, एनआइसीको मुख्य कार्यालय थापाथली, काठमाडौं र बैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआइसीको चुक्ता पुँजी पाँच अर्ब ८१ करोड ९६ लाख ४९ हजार ९९८ रुपैयाँ छ । बैंकले ७२ करोड १४ लाख चार हजार रुपैयाँ खुद नाफा कमाएको छ । एनआइसीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ५० पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्