×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसियाले पायो १५% हकप्रद ल्याउने अनुमति

LAXMI SUNRISE BANK
GLOBAL

एनआइसी एसियाले पायो १५% हकप्रद ल्याउने अनुमति

२४ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – एनआइसी एसिया बैंकले १५% हकप्रद सेयर निस्कासन गर्न अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले बैंकलाई १००ः१५ अनुपातमा हकपद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
 बोर्डबाट अनुमति पाएकाले अब एनआइसी एसियाले ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँको ८७ लाख २९ हजार चार सय ७५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । एनआइसी एसियाको हकप्रदमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्दैछ । अब छिट्टै हकप्रद बिक्री प्रक्रिया अघि बढाइने बैकले जानकारी दिएको छ । 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआइसी एसियाले ७२ करोड १४ लाख चार हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ५ अर्व ८१ करोड ९६ लाख ५० हजार रुपैयाँ छ भने जगेडा कोसमा दुई अर्व ६४ करोड ७९ लाख ५६ हजार रुपैयाँ छ ।
 एनआइसी एसियाको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ५० पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी