
एनआईसी एसिया बैंक लिमिटेडको हकप्रद आजदेखि बिक्रि खुला गरिएको छ। बैंकले १०० बराबर १५ कित्ता सेयर अर्थात १५ प्रतिशतका दरले हकप्रद निष्काशन गरेको हो।
१५ प्रतिशत हकप्रदका लागि चैत ७ मा बुक क्लोज गरेकाले चैत ६ सम्म कायम सेयरधनीहरुले मात्र एनआईसीको हकप्रद भर्न पाउने छन। चैत ६ सम्म कायम एनआईसीका सेयरधनीहरुले चैत १६ अर्थात आजदेखि बैशाख १९ सम्म हकप्रद भर्न सक्ने छन।
बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ८७ करोड २९ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको गत असोज १८ मा बसेको बार्षिक साधारणसभाले १५ प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो।
इच्छुक सेयरधनीहरुले आजदेखि बैशाख १९ सम्म बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटल तथा एनआईसी एसिया बैंकका सबै शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्ने छन।
१५ प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ६९ करोड रुपैयाँ पुग्ने छ। बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी ८ अर्ब पुर्याउन २० प्रतिशत हाराहारी बोनस सेयर वितरण गर्नु पर्ने छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ७२ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्