
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भर्खरै सरकारमा गएको राप्रपाबाट पर्यटन तथा नागरिक उड्यनमन्त्री बनेका दिलानाथ गिरी नेपाली नागरिकता त्यागेका अमेरिकाका नागरिक भएको खुलासा भएको छ । सरकार ढल्ने डरले पुष्पकमल दाहाल प्रचण्डले राप्रपा नेअपललाई पनि सरकारमा सहभागी गराएको थियो । राप्रपाबाट अध्यक्ष कमल थापा उपप्रधानमन्त्री तथा स्थानीय बिकास मन्त्री भएका थिए भने दिलानाथ गिरि पर्यटनमन्त्री सिफारिस गरिएका थिए ।
नेपालको विद्यमान कानुन अनुसार सरकारी सेवामा काम गर्न वा मन्त्री बन्न नेपाली नागरिक भएको हुनुपर्छ । तर अमेरिकी ग्रिनकार्ड होल्डर गिरी नेपाल सरकारको मन्त्री बनेका छन् । राप्रपाबाट सरकारमा सिफारिस भएका गिरि संखुवासभामा जन्मिएका थिए भने लामो समय अमेरिका बसेका थिए ।
यतिसम्मकि उनका सवै परिवार अमेरिकाकै ग्रिन कार्ड होल्डर हुन् । २०७० सालमा भएको संविधानसभा निर्वाचनपछि राप्रपा नेपालबाट उनी समानुपातिक सांसद बनेका उनी हाल मन्त्री भएका छन् । ग्रिनकार्ड भएका कर्मचारीले सरकारी जागिरबाट निकालिएको अवस्थामा मन्त्री नै ग्रीनकार्ड होल्डर भएपछी यसले नपाली कानुनको समेत धज्जी उडाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्