×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको हकप्रद आउँदैै, सेयर निष्काशन एनसिएम मर्चेन्ट बैंकिङले गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकको हकप्रद आउँदैै, सेयर निष्काशन एनसिएम मर्चेन्ट बैंकिङले गर्ने

Artha Sarokar

११ चैत्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  
प्रभु बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सेयर निष्काशन गर्नेसम्बन्धी सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन.सि.एम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 
१५औँ साधारणसभाले पारित गरेबमोजिम प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको दुई करोड ३५ लाख २५ हजार छ सय आठ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल प्रभु बैंकको चुक्तापुँजी पाँच अर्ब ८८ करोड १४ लाख दुई हजार रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार आठ सय रुपैयाँ पुग्ने बताइएको छ । 
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी