×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद बिक्रि चैत्र ३० बाट हुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

प्रभु इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद बिक्रि चैत्र ३० बाट हुने

Artha Sarokar

८ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – प्रभु इन्स्योरेन्स लिमिटेडले चैत्र ३० गते देखि हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले २स्१ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । लगानीकर्ताले जेष्ठ २ गतेसम्म हकप्रदको लागि आवेदन दिन सक्ने छन् ।
कम्पनीले १९ लाख २५ हजार ७८ दशमलब ८१ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो। हकप्रदको चैत्र ६ बुक क्लोज मिति कायम गरिएको छ  । अर्थात् चैत्र ३ सम्म कायम शेयरधनिले मात्र हकप्रद्को लागि आवेदन दिन सक्ने छन्  । 
प्रभु क्यापिटल हकप्रद्को बिक्रि प्रबन्धक रहेको छ  ।  इच्छुक लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालय दरबारमार्ग र प्रभु बैंकका सबै शाखाबाट आवेदन दिन सक्ने छन्  । आवेदन प्रभु क्यापिटल र प्रभु बैंकको वेबसाइटबाट पनि डाउनलोड गर्न सकिन्छ  ।  
हाल कम्पनीको चुक्ता पुंजी ३८ करोड ५० रहेकोमा हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ५७ करोड ७५ लाख पुग्ने छ  । कम्पनीको अधिकृत पुंजी १ अर्ब रहेको छ   ।
इक्रा नेपालले कम्पनीको हकप्रदलाई ४ं को रेटींग प्रदान गरेको छ । इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा  २ करोड ९७ लाख खुद नाफा कमाएको छ । यो अवधिमा प्रतिसेयर नेटवर्थ १ सय ९२ रुपैयाँ, प्रतिसेयर आम्दानी १५ रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी