
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – प्रभु इन्स्योरेन्सले हकप्रद निस्कासनका लागि चैत ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद निस्कासन गर्न लागेको हो । चैत ५ गतेसम्म दोस्रो बजारमा शेयर खरीद गर्ने लगानीकर्ताले हकप्रद आबेदन दिन सक्ने छन् ।
कम्पनीले फागुन ११ गते धितोपत्र बोर्डबाट हकप्रद निस्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीको हकप्रद निस्कासनको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल छ । कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरका १९ लाख २५ हजार कित्ता हकप्रद निस्कासन गर्न लागेको हो। कम्पनीको चुक्ता पूँजी ३८ करोड ५० लाख रुपैयाँ छ । पुस मसान्तसम्म कम्पनीले दुई करोड ९२ लाख खुद मुनाफा आर्जन गरेको छ ।
कम्पनीले गत बर्षको नाफाबाट १७ प्रतिशत बोनस सेयर दिएको थियो । वोनस सेयरपछि चुक्ता पूँजी ४५ करोड नाघ्ने छ । वोनस सेयरपछि कायम पूँजीमा कम्पनीले ५० प्रतिशत हकप्रद दिन लागेको हो । हकप्रदपछि पूँजी ६८ करोड पुग्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्