
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले शुक्रबार आज गर्ने भनेको साधारण सभा नेपाल बन्दका कारण स्थगित गरेको छ । प्रुडेन्सियलले वीरगन्जमा साधारण सभा गर्न लागेको थियो । कम्पनीले सूचना जारी गर्दै विशेष कारणवशः गर्दा साधारण सभा स्थगित गर्नु परेको उल्लेख छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले अब छिट्टै साधारण सभा बस्ने सूचना प्रकाशित गर्नेछ । साधारण सभामा प्रुडेन्सियलले लगानीकर्तालाई २०५ बोनस सेयर र कर तिर्न १।०५५ नगद लाभांश दिने प्रस्ताव गर्नेछ । साथै, कम्पनीले बोनसपछि कायम हुने पुँजीको ३०५ हकप्रद जारी गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्नेछ ।
यसैगरी, कम्पनीले संस्थापकको हाल कायम सेयर स्वामित्व ८०५ बाट घटाएर ६५५ बनाउने र सर्वसाधारण समूहको स्वामित्व हालको २०५ बाट बढाएर ३५५ पुर्याउने विशेष प्रस्ताव पनि साधारण सभामा लैजाँदै छ । प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड चार लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो त्रैमासमा पु्रडेन्सीयलको चुक्ता पुँजी ३५ करोड ६४ लाख रुपैयाँ छ भने रिजर्भ कोषमा २० करोड ४० लाख ३५ हजार रुपैयाँ छ । पु्रडेन्सीयलको बिमा कोषमा २६ करोड ३७ लाख १४ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ २४ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्