×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडीसीको १५% बोनसमा यसरी भयो भाउ समायोजन

LAXMI SUNRISE BANK

आरएसडीसीको १५% बोनसमा यसरी भयो भाउ समायोजन

१ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – नेपाल स्टक एक्सचेन्जले मंगलबार आरएसडीसी लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको छ । आरएसडीसीको १५५ बोनस सेयरपछि प्रतिकित्ता ६६३ रुपैयाँमा भाउ समायोजन भएको हो । बोनस समायोजनपछि मंगलबार आरएसडीसीको पहिलो कारोबार ६६३ रुपैयाँमा हुनेछ । 
आरएसडीसीको औसत आधार मूल्य भने ३८२ रुपैयाँ छ । आरएसडीसीले मंगलबारदेखि चैत १२ गतेसम्म बुक क्लोज गरेको छ । संस्थाले चैत १२ मा साधारण सभा बोलाएको छ । साधारण सभामा लघुवित्तले १५५ बोनस सेयर दिने र बोनस सेयरपछि कायम हुने पुँजीमा १ः२ अनुपातमा फेरि हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाँदैछ । 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट अनुसार आरएसडीसीको चुक्ता पुँजी १० करोड रुपैयाँ छ भने रिजर्भ कोषमा तीन करोड ५३ लाख ४६ हजार रुपैयाँ छ । आरएसडीसीले दोस्रो त्रैमासमा एक करोड नौ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ३५ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी