Skip to content
LAXMI SUNRISE BANK

सगरमाथा फाइनान्सको लिलाममा राखिएको सेयर बोलकबोलबाट बिक्री, कट अफ मूल्य कति ?

अर्थ सरोकार

सगरमाथा फाइनान्सले लिलाममा राखेको ५ लाख ६६ हजार २ सय ७८ दशमलब ८३ कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्रि भएको छ। लिलाम बढाबढमा बिक्रिमा रहेको संस्थापक तर्फको हकप्रद सेयरमा कुल ८३ जनाबाट आबेदन परेको थियो। 
सगरमाथा फाइनान्सको लिलाममा राखिएको संस्थापक तर्फको हकप्रदमा १०६ रुपैयाँ ५० पैसा (कट अफ प्राइस) बोलपत्र पेस गर्नेले सेयर पाएका   छन। सगरमाथा फाइनान्सले यस अघि लिलाम बढाबढमा राखेको ७ लाख २० हजार कित्ता हकप्रदमा १ लाह ५४ हजार कित्ताका लागि मात्र आबेदन परेको थियो। संस्थापक तर्फको हकप्रद सेयर पुन:बिक्रिमा राखिएको हो। 
सगरमाथा फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५ करोड ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। हाल यस फाइनान्सको चुक्ता पुंजी ३६ करोड ९२ लाख रुपैयाँ रहेको छ। ८० प्रतिशत हकप्रद वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ६६ करोड ४५ लाख रुपैयाँ पुग्ने छ। 
फाइनान्स ८० प्रतिशत हकप्रद बितरण तथा हकप्रदले पाउने गरि बोनस सेयर वितरण पश्चातको कायम चुक्ता पुंजीको १:१ को स्वाप अनुपातमा सेन्चुरीमा गाभिने प्रक्रियामा रहेको छ। यस सम्बन्धि सम्झौतामा दुवै संस्थाका अधिकारिबीच सम्झौतापत्रमा हस्ताक्षर समेत भईसकेको छ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK