
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – काठमाडौंको बालाजुमा साझा बसमाथि आगजनी भएको छ । नचिनेका मानिसहरुले शनिबार दिउँसो साढे १ बजे बालाजुमा बा ४ ख ५६४८ नम्बरको बसमा आगो लगाएका हुन् । रत्नपार्क तर्फ आउँदै गरेको बसबाट यात्रुलाई ओरालेर आगो लगाएका महानगरीय प्रहरी प्रभाग माछापोखरीले जनाएको छ । आगलागीबाट बसको भित्री भाग जलेर क्षतिग्रस्त भएको छ साझा यातायातले जनाएको छ ।
शनिबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेकाले उनीहरुले नै आगो लगाएको हुन सक्ने प्रहरीको आशंक छ । आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरी नायब निरीक्षक विपिन पन्तले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्