
सानिमा बैंक लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज साँझ ५ बजेसम्मका सानिमाको सेयर खरिद गर्नेले मात्रै सानिमा बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउनेछन् ।
सानिमाले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि बैंकले गत फागुन ३० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सेयर निष्काशनका लागि बैंकले सीबीआईएल क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ५९ करोड १७ लाख ६१ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५९ लाख १७ हजार छ सय १७ हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सानिमा बैंकको चुक्तापुँजी पाँच अर्ब ३० करोड ५८ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्