
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – ‘गौतम बुद्ध भारतमा जन्मिएका हुन्’ भन्ने भ्रम छर्ने शुभारम्भ पब्लिकेसन्सलाइ उन्मुक्ति दिने प्रयास भएको खुलासा भएको छ । शिक्षा मन्त्रालयका नोडेल अधिकृत राजन निरौला र निर्मलादेबी मानन्धरले कमिसनको लोभमा उक्त पब्लिकेसनलाई उन्मुक्ति दिने प्रयासमा लागेको स्रोतको दावी छ । ‘विभिन्न भारतीय एजेन्टको लहैलहैमा गौतम बुद्धबारे भम्र छर्ने काम भएको छ । पुस्तकका सम्पादक समेत नेपाल सरकारका जिम्मेवार पदमा रहेर काम गरेका व्यक्ति हुन् । अव यसलाई राष्ट्रिय मुद्धा बनाउनुपर्छ । केहि साथीहरु पब्लिकेसन र लेखकविरुद्ध मुद्धाको तयारीमा हुनुहुन्छ ।’ स्रोतले भन्यो ।
यसरी भयो मिलेमतोको खुलासा
गौतम बुद्धबारे भ्रमपूर्ण कुरा लेख्नेलाई कारवाही नगर्न शिक्षा मन्त्रालयकै कर्मचारीहरु लागि परेको खबर पाएपछि हामीले शिक्षा मन्त्रालयका नोडेल अधिकृत राजन निरौला र निर्मलादेबी मानन्धरलाई यसबारे सोधेका थियौं । ‘गौतम बुद्धको जन्मबारे भ्रम छर्ने शुभारम्भ पब्लिकेसनलाई के कारवाही भयो त ? गुनासोकर्ताले हेलो सरकारमार्फत चलानी नम्बर ४७१८० मा गरेको उजुरीउपर के छानविन भयो त ?’ भन्ने हाम्रो प्रश्नमा उनले सो उजुरी फछ्र्यौट भइसकेको बताए । उनलेे फछ्र्यौट भैसकेको भनेपनि गुनासोकर्ताको गुनासो ‘पेन्डीङ’ मै थियो ।
यसरी सरासर झुट बोलेको थाहा पाएपछि हामीले उक्त उजुरी फछ्र्यौट भएको प्रतिलिपी हामीलाई इस्क्यानिन गरेर मेलमा पठाईदिन आग्रह गर्यौं । तर ढाँटेको कुरा काटेको कहाँ मिल्थ्यो र ? उनलेे ‘हामी तपाईंलाई दिदैनौं । गएर सूचना अधिकृत समक्ष निवेदन हाल्नुस्’ भने । गुनासो सम्बन्धित निकाय मा पठाएको दाबी गर्ने निरौलाले अन्तत: हामीले प्रधानमन्त्री कार्यालयको वेबसाईट opmcm.gov.np मा भने काम हुँदै देखाएको थियो।
उता, नीज निरौलाले यसो बताएपछि हामीले अर्का नोडेल अधिकृत निर्मलादेबी मानन्धरलाई सम्पर्क गरेका थियौं । उनले सोको बारे पाठ्यक्रम बिकास केन्द्र पठाइएको दाबी गरेका थिए । दाबी गरेका मानन्धर समक्ष जिम्मेवार ब्यक्तिको नम्बर दिनुस् न भन्दा १९७ मा फोन गर्न आग्रह गरिन् ।
यता स्रोतले भने कारवाहीबाट जोगिन शुभारम्भ पब्लिकेसनले यी दुइ अधिकृतलाइ जनही ५० हजार रुपैयाँ दिएको दावी गरेको छ । यसरी घुस खाएर गौतमबुद्धको जन्मबारे भ्रम छरेको भन्दै यी दुईइरुद्ध अख्तियारमा समेत उजुरी परिसकेको दावी स्रोतको छ । ‘केहि दिनअघि अख्तियारमा घुस लिने निरौला र मानन्धर र घुस दिने दिनेश अधिकारीविरुद्ध छानविन होस् भनी उजुरी परेको छ । हेरौं के अव के हुन्छ ?’ स्रोतले भन्यो । यता पब्लिकेसनक एकेडेमिक डाइरेक्टर दिनेश अधिकारीलाई यस विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
यो पनि पढ्नुहोस् :
- राष्ट्रियतामा पनि कमिसनको खेल, गौतम बुद्ध भारतमा जन्मिएको लेख्ने शुभारम्भ पब्लिकेशनलाई उन्मुक्ति !
- भ्रम छर्दै शुभारम्भ पब्लिकेसन, नेपालमै पढाइन्छ, ‘गौतम बुद्ध भारतमा जन्मिएका हुन्’ !
- गौतम बुद्धको जन्मस्थल उत्तरी भारत भनेर पढाउने शुभारम्भ पब्लिकेसनलाई कार्वाही होला त ? (फलोअप नम्बर २)
- ‘हेल्लो सरकार ! गौतम बुद्धको जन्म उत्तरी भारतमा भएको हो भनेर भ्रम छर्नेहरुलाई कार्वाही गर!’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्